aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनसीसी बैंकको दुई वर्षको संयुक्त साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
एनसीसी बैंकको दुई वर्षको संयुक्त साधारण सभा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले विगत दुई आर्थिक वर्षको संयुक्त साधारण सभा भदौ २३ गते सोमबार गर्दैछ । बैंकले आव २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदन पारित, सञ्चालन निर्वाचन र प्रस्तावित लाभांश पारित गर्न सभा बोलाएको हो । 

आव २०७४/७५ को मुनाफाबाट बैंकले १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ८३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्तावले सोमबार पूर्णता पाउनेछ । 

साथै बैंकले सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । सभा विहान ११ बजे राष्ट्रिय सभागृह , प्रदर्शनीमार्ग, काठमाडौंमा सुरु हुनेछ । उक्त साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन गर्ने कार्यक्रमभने रद्द भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस