aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

महालक्ष्मी विकास बैंकले गर्यो नेपाल प्रहरीलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ फागुन २०७९
महालक्ष्मी विकास बैंकले गर्यो नेपाल प्रहरीलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकले   संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र टेकुमा रहेको जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको हो । 

बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ्ग बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर र मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालिन समयमा प्रहरी चेकिङ्ग गर्न सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो । सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारिकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । 

त्यसैगरि बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेशन ज्याकेट हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरुको जोखिम व्यवस्थापनमा सहयोग पुर्याउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाललाई शंखमुल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । 

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ ।
                                                
 

प्रतिक्रिया दिनुहोस