aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

डिजिटल कारोबारलाई प्रोसाहन गर्न माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ फागुन २०७९
डिजिटल कारोबारलाई प्रोसाहन गर्न माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सबेरीबिच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ«े बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पश्चात सेल्सबेरीसंग आवद्ध यसका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएस मार्फत डेबिट÷के्रडिट कार्ड प्रयोग गरी  डिजिटल भुक्त्तानी गर्न सक्नेछन् ।  

यसैबीच बैंकले हरेक हप्ताको सोमबारका लागि ‘मनडे म्याडनेस’ योजना सञ्चालन गरि रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा ईकमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु. १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु. २२३ सम्म छुट पाउनेछन् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्ड बाट गरिएका कारोबारमा मात्र लागु हुनेछ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा  ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।  साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन  तथा सेवाहरू संचालन गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस