aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

चार अर्ब बराबरको ऋणपत्र बिक्रीमा लागि एनएमबि बैंकले पायो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
चार अर्ब बराबरको ऋणपत्र बिक्रीमा लागि एनएमबि बैंकले पायो अनुमति

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ । कम्पनीले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट फागुन १८ गते स्वीकृति पाएको हो । 

कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले १० वर्षे अवधिको वार्षिक ११ दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस