
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको बिर्तामोड शाखाले महेन्द्ररत्न माध्यमिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि दुई लाख ७५ हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
बंैक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरी लगायत बैंक तथा रोटरी क्लबका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस