aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

खातामा पर्याप्त रकम नभएको चेक काट्ने न्यौपाने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ फागुन २०७९
खातामा पर्याप्त रकम नभएको चेक काट्ने न्यौपाने पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा कालिञ्चोक गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय पंकज न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ मंसिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद र १० लाख ३५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।

 न्यौपानेले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७७ साउन ९ र २५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।  उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस