
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ८७ पैसा र बिक्री दर १३१ रूपैयाँ ४७ पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ २९ पैसा र बिक्री दर १३८ रूपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५५ रूपैयाँ ५० पैसा र बिक्री दर १५६ रूपैयाँ २१ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ५८ पैसा र बिक्री दर १३९ रुपैयाँ ६० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ ५६ पैसा र बिक्री दर ८६ रुपैयाँ ९६ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस