aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

कुमारी बैंकको ७ लाख ५७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
कुमारी बैंकको ७ लाख ५७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक शेयर फागुन २६ गतेदेखि लिलामीमा ल्याएको छ । कम्पनीले नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न इच्छकु विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस