aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

नबिल बैंकको चार करोडबढी बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
नबिल बैंकको चार करोडबढी बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा नबिल बैंक लिमिटेडको बोनस शेयर  सूचीकृत भएको छ । शुक्रबार नेप्सेले १८.५० प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त बैंकको सूचीकृत बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 
 

प्रतिक्रिया दिनुहोस