aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार भइरहेको छ: गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ फागुन २०७९
बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार भइरहेको छ: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार भइरहेको जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार भइरहेको छ । ऋणीहरूले हिजोको जतिको सहज तरिकाले ऋण नपाइरहेको होलान् । हिजो मिसयुज गर्नका लागि पनि ऋण पाइरहेका थिए होलान् । तर, अहिले त्यस्तो छैन । त्यस कारण हामीले सबै कुरालाई नकारात्मकरुपले नलिऔँ ।’

अहिले विश्वका कयौँ अर्थतन्त्रहरू डेफ्थ ट्र्याप (ऋणको पासो) रहेको समेत गभर्नर अधिकारीले बताए । नेपालको अर्थतन्त्रको अवस्था अहिले राम्रो रहेको समेत उनले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस