
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको २३ हजार १ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागेको हो ।
यो शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय महेन्द्रपथ धरान, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस