aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सभाले अग्राधिकार शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चैत १४ गते बोलाएको साधारण सभामा उक्त प्रस्ताव प्रस्तुत गर्नेछ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालीम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जानकारी कम्पनीले दिएको हो । 

त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र करसहित १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चैत ११ गते आयोजना गरेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गरिनेछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस