aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

समृद्धि फाइनान्सको  बुटवल शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
समृद्धि फाइनान्सको  बुटवल शखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम शाखाको पा्रङगणमा सम्मन्न गरिएको थियो । फाल्गुण  १८ बाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटा शाखाहरुबाट यस अघिनै सम्पन्न गरिसकेको संस्थाले जनाएको छ । 

 नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस