aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ फागुन २०७९
कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सोमबार नेप्सेले कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेका अनुसार कृषि विकास बैंकको २ प्रतिशत बोनसपछिको शेयरमूल्य २९३ दशमलव १४ रुपैयाँमा समायोजन भएकाे छ । बैंकको अन्तिम कारोबार २९९ रुपैयाँमा भएको थियो । 

त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनसपछिको शेयरमूल्य ६६६ दशमलव ९३ रुपैयाँमा भएको छ । संस्थाको अन्तिम कारोबार ८१० रुपैयाँमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस