
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंकमा रहेको आफ्नो स्वामित्वको ५ लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रू. ३९८ मूल्य तोकेर उक्त शेयर विक्री गर्ने भएको हो । फागुन ३० गते उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना बैंकले जारी गरेको छ । यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने बैंकको भनाई छ ।
आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्यलाई ध्यानमा राखी बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस