aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

नागभुषण महादेव मन्दिरको स्तरोन्नतीमा जनता बैंकको सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
नागभुषण महादेव मन्दिरको स्तरोन्नतीमा जनता बैंकको सहयोग

काठमाडौं । जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ । बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष  सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष  विष्णु कुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरेका थिए  ।

 ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक  नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको हो ।

जनता बैंकले हाल मुलुकभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाई मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस