aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

१० करोड म्युचुअल फण्ड बिक्री गर्न ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ले पायो बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
१० करोड म्युचुअल फण्ड बिक्री गर्न ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ले पायो बोर्डको अनुमति

काठमाडौं । सनराइज बैंक लिमिटेडद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सन्राइज फस्र्ट म्युचुअल फण्ड’ले धितोपत्रबोर्डको अनुमति पाएको छ ।
योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ । 

नेपाल धितोपत्र बोर्डले आज मिति २०७६/०५/२३ गते संस्थालाई सो मात्राको फण्ड जारी गर्न अनुमति दिएको हो । 

कोष सुपरिवेक्षकहरुमा चण्डी प्रसाद श्रेष्ठ, कृष्ण बहादुर मानन्धर, बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहेका छन्छ ।

बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सन्राइज क्यापिटल मार्फत अंकित मूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस