aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सेञ्चुरी कमर्सियललाई प्राप्तिपछि प्रभु बैंकको शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
सेञ्चुरी कमर्सियललाई प्राप्तिपछि प्रभु बैंकको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु बैंकको थप हुन आएको शेयर बुधवार सूचीकृत भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि कायम हुन आएको कुल १० करोड  ७७ हजार १९८ दशमलव ८५ कित्ता साधारण शेयर सूचीकृत गरिएको हो ।

लगानीकर्ताले यो शेयर आजदेखि कारोबार गर्न सक्नेछन् । अब सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीको हितग्राही खातामा प्रभु बैंकको नामबाट शेयर देखिनेछ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ अनुपातमा प्राप्ति गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस