aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकामा अर्को बैंक संकटमा, ७० प्रतिशतले घट्यो शेयर मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
अमेरिकामा अर्को बैंक संकटमा, ७० प्रतिशतले घट्यो शेयर मूल्य

एजेन्सी। अमेरिकामा बैंकिङ क्षेत्रको संकट कम हुने लक्षण देखिएको छैन। सिलिकन भ्याली बैंक र सिग्नेचर बैकपछि अब फर्स्ट रिपब्लिक बैंक पनि बन्द हुने खतरा बढेको छ । पछिल्लो ५ दिनमा फर्स्ट रिपब्लिक बैंकको शेयर मूल्य ६५ दशमलव ६१ प्रतिशतले घटेको छ ।

अर्कोतर्फ यो बैंकको शेयर मूल्य एक महिनामा ७० दशमलव ३० प्रतिशतले घटेको देखिएको छ। यस्तो अवस्थामा यस बैंकप्रति लगानीकर्तामा चिन्ता बढेको छ ।

मूडीजले फर्स्ट रिपब्लिक बैंकलाई चनाखोपुर्वक हेर्नुपर्ने बैंक अन्तर्गत राखेको छ। मूल्याङ्कन एजेन्सी मुडीजले समीक्षा अन्तर्गत राखिएका ६ अमेरिकी बैकहरूमा फर्स्ट रिपब्लिक बैंकको नाम पनि समावेश गरेको छ। 

यस बाहेक, रेटिङ एजेन्सीले जेयोन बैङ्क्रप, वेस्ट्रन एलियन्स बैङ्क्रप, कोमरिका इन्स्कोर्पोरेशन, युएमबि फाइनान्सियल कर्पोरेशन र इन्ट्रष्ट फाइनान्सियल कर्पोरेशनको रेटिङ घटाएर समीक्षाको दायरामा राखेको छ। यसअघि सोमबार मूडीजले सिग्नेचर बैंकको ऋण रेटिङलाई जंक टेरिटोरीमा डाउनग्रेड गरेको थियो।

फर्स्ट रिपब्लिक बैंकले आफ्नो प्रतिरक्षामा बैंक सञ्चालन गर्न पर्याप्त नगद रहेको बताएको छ । यसले थप तरलताका लागि फेड र जेपी मोर्गनसँग हात मिलाएको छ । यसअघि सोमबार पश्चिमी सञ्चार माध्यमहरूले बैकसँग २५ अर्ब डलरभन्दा बढी नगद उपलब्ध रहेको बताएका थिए।

यो पनि पढ्नुस : कसरी चल्छन् र डुब्छन् बैंक ? कति सुरक्षित छ निक्षेप ?

प्रतिक्रिया दिनुहोस