aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

अब मुक्तिनाथ विकास बैंकमा मिसकल गर्दै कर्जा पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ चैत्र २०७९
अब मुक्तिनाथ विकास बैंकमा मिसकल गर्दै कर्जा पाइने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना ल्याएको हो । 

कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आह्वान गरिएको छ । यस योजना अन्तर्गत दुई करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ ।

यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्रै सर्वशुलभ व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ ।

यस योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकहरुले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाईल नम्बर ९८०१११००२३ मा मिसकल गरि वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्नेछन ।  
 

प्रतिक्रिया दिनुहोस