aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

कुमारी बैंकले ८६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
कुमारी बैंकले ८६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ८६ हजार ३३३ कित्ता संस्थापक शेयर चैत २ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री प्रक्रिया अघि बढाईने बैंकले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस