aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

दुई कम्पनीको ७५ लाख कित्ताबढी बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
दुई कम्पनीको ७५ लाख कित्ताबढी बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ७५ लाख कित्ता भन्दाबढी बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले प्राइम कमर्सियल बैंक र गुँरास लघुवित्त वित्तीय संस्थाको ७५ लाख १ हजार ५२९ दशमलव १२ कित्ता बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस शेयरपछिको ७४ लाख ६२ हजार ५२९ दशमलव १२ कित्ता शेयर सूचीकृत भएको हो । 
त्यस्तै, गुँरास लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस पछि ३९ हजार कित्ता शेयर सूचिकृत गरेको नेप्सेले जनाएको छ । उक्त सचीकृत शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 
 

प्रतिक्रिया दिनुहोस