aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अर्को अमेरिकी बैंक डुब्न नदिने प्रयास, संकटमा परेको फर्स्ट रिपब्लिकलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ चैत्र २०७९
अर्को अमेरिकी बैंक डुब्न नदिने प्रयास, संकटमा परेको फर्स्ट रिपब्लिकलाई सहयोग

एजेन्सी। ठूला अमेरिकी बैंकहरूको कन्सोर्टियमले फर्स्ट रिपब्लिक बैंकलाई बन्द हुनबाट रोक्न ३० अर्ब डलर पम्पिंग गरेका छन्। गत हप्ता दुई वटा मध्यम आकारका अमेरिकी ऋणदाता बैंकहरू बन्द भएपछि आर्थिक संकटको खतरा बढेको कारण यसरी अर्को बैंक जोगाउने प्रयास गरिएको हो।

बैंकिङ प्रणालीको लचिलोपन र वित्तीय संकटको सम्भावनाको सन्दर्भमा विश्वव्यापी चिन्ताको बिचमा फर्स्ट रिपब्लिक बैंकलाई समर्थन गर्न अमेरिकी बैंकिङ दिग्गजहरूको समूह बिहीबार एक ठाउँ उभिएका हुन्।

जेपी मोर्गन चेज एण्ड कम्पनी, सिटी ग्रुप इंक, बैंक अफ अमेरिका कर्प, वेल्स फार्गो एण्ड कम्पनी, गोल्डम्यान साक्स र मोर्गन स्टेनली लगायतका अमेरिकी निजी बैंकहरू सो बैंकलाई वित्तीय सहयोग गर्न अग्रसर बनेका हुन् ।

ती बैंकहरूले फर्स्ट रिपब्लिक बैंकलाई समर्थन गर्न ३० अर्ब डलर इन्जेक्ट गरे। अहिले फर्स्ट रिपब्लिक बैंक उच्च मुद्रास्फीतिको बिचमा मन्दीबाट बच्न गत वर्ष लगाएको उच्च ब्याज दरहरूसँग संघर्ष गरिरहेको छ। पछिल्लो नौ कारोबार सत्रमा क्षेत्रीय सो बैंकको शेयर ७० प्रतिशतले घटेको थियो ।

अमेरिकी नियामकहरूले बैंकिङ प्रणालीको लचिलोपनको प्रमाणको रूपमा यो कदमको प्रशंसा गरेका छन्। यो बैंकलाई उद्धार गर्ने घोषणा भए सँगै बिहीबार  वाल स्ट्रिटमा यसको शेयर मूल्यमा गति पाएको थियो। 

प्रतिक्रिया दिनुहोस