aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

कुमारी बैंकको ६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
कुमारी बैंकको ६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको ६ हजार ३२४ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले चैत ५ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री अघि बढाईने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस