aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

स्वरोजगार लघुवित्तद्वारा पुरानो लाभांश लिन ताकेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
स्वरोजगार लघुवित्तद्वारा पुरानो लाभांश लिन ताकेता

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०६९/७० तथा २०७०/७१ को लाभांश लिन पुनः बोलाएको छ । कम्पनीले यसअघि सूचना जारी गरी बोलाउँदा पनि केही लाभांश लिन नआएको हुनाले कम्पनीले पुनः बोलाएको हो । 
कम्पनीले असोज २७ गतेभित्र कम्पनीको रजिष्ट्रार कार्यालय एनएमबि क्यापिटलमा गएर उक्त रकम लिन अनुरोध गरेको हो । अन्यथा उक्त अवधिपश्चात बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस