aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

राष्ट्रिय वाणिज्य बैकका ग्राहकलाई किस्ट टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
राष्ट्रिय वाणिज्य बैकका ग्राहकलाई किस्ट टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ हस्पिटल बीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष आशिष थापाले हस्ताक्षर गरे ।

उक्त सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फारमेसीमा ७ प्रतिशत छुट एक वर्ष सम्म पाउने छन् । 

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी, किस्ट टिचिङ हस्पिटलका पदाधिकारीहरुको उपस्थिती  रहेको थियो ।

प्रतिक्रिया दिनुहोस