
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार (आज) २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ५ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको ४ अर्ब ३० करोड र ३६४ दिन अवधिको ९ अर्ब रुपैयाँ गरी कुल २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० बैशाख ५ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० असार ५ गते, १८२ दिन अवधिको २०८० असोज २ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० चैत ६ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ५ अर्ब ४ करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिल जारी गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस