
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाममा रहेको जग्गा बिक्रीमा रहेको छ । बैंकले एक सूचना जारी गर्दै गैह्र बैंकिङ सम्पत्ति (घरजग्गा) शिलबन्दी बोलपत्र मार्फत लिलामी बिक्री गरिने जानकारी दिएको हो ।
उक्त जग्गा झपाको धुलाबारी नगरपालिका वडा नं. ८ मा रहेको छ । जुन धुलाबारी स्थित कित्ता नं. २३७ र ४७८ को क्षेत्रफल क्रमशः ०–०–७–० बिगाह (११८.५२ र ११८.५२ वर्गमिटर)को जग्गा तथा सो जग्गामा निर्मित १४७४.६८ वर्गफिट क्षेत्रफलको २ तले घर कम्पाउण्ड सहित सम्पूर्ण लिगलगापात समेत रहेको छ ।
खरिद गर्न चाहानेले सूचना प्रकाशित भएको १५ दिनभित्र यस बैंकको धुलाबारी शाखामा सम्पर्क गर्न समेत सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस