
काठमाडौं । एटीएम ह्याक प्रकरणपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधि सञ्चालन र प्रयोगमा विशेष सतर्क रहन निर्देशन दिएको छ । विभिन्न किसिमका साबइर आक्रमण, भाइरस लगायतका विधिबाट हुने डाटा चुहावट र चोरी नियन्त्रण गर्न गुणस्तरीय प्रविधि प्रयोग गर्न समेत भनिएको हो ।
यसैगरी, प्रविधिमा सुधार गरी सूचना आदानप्रदान, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरिएका प्रणालीहरुको सत्यता जाँच गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
यस्तै, आवश्यकता अनुसार प्रणालीहरुको बारम्बार अनुगमन गर्ने, सम्बन्धित निकायमा आवश्यक सूचना प्रवाह गर्नुपर्नेछ । आइटी प्रणालीहरुको सुरक्षा अटिड गर्न पनि निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस