aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

देवः विकास बैंकको १८कराेड हिनामिना गरेको आरोपमा थप दुई पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
देवः विकास बैंकको १८कराेड हिनामिना गरेको आरोपमा थप दुई पक्राउ

दाङ । दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ ।

बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए ।

पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो ।

तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस