aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

समता लघुवित्तको २ सय प्रतिशत हकप्रदका लागि असोज १ गते बुक क्लोज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
समता लघुवित्तको २ सय प्रतिशत हकप्रदका लागि असोज १ गते बुक क्लोज

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले जारी गर्न लागेको २ सय प्रतिशत हकप्रद शेयरका लागि असोज १ गते बुक क्लोज गर्ने सूचना जारी गरेको छ । कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । हाल कायम चुक्तापूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्तापँुजीको आधारमा कम्पनीले २ सय प्रतिशत हकप्रद विक्री गर्न लागेको हो ।
 
प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन २९ गतेनै अनुमति पाईसकेको छ । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम सदस्यहरुले मात्र हकप्रद भर्न पाउनेछन । यस हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस