aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

बैंकको मिटर ब्याज मिनाहा गर्न माग गर्दै प्रधानमन्त्रीकै सामुन्ने नाराबाजी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ चैत्र २०७९
बैंकको मिटर ब्याज मिनाहा गर्न माग गर्दै प्रधानमन्त्रीकै सामुन्ने नाराबाजी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सामुन्ने युवाहरूले नाराबाजी गरेका छन् । मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्रीविरुद्ध काठमाडौं बानेश्वरमा उनीहरूले नाराबाजी गरेका हुन् । 

प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न अनुरोध गर्दै आएका उनीहरूलाई प्रहरीले रोकपछि उनीहरू आक्रोशित बनेका थिए । त्यसपछि ती युवाहरूले नाराबाजी गरेका हुन् । नालायक सरकार मुर्दावाददेखि ब्याजदर मिनाहा गर्नु पर्ने उनीहरूको माग राखे । 

उनीहरूलाई प्रहरीले मुख थुन्दै गाडीमा राखेको थियो । गाडीबाट पनि उनीहरूले गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर, बैंकको मिटर ब्याज मिनाहा गर, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्दै नाराबाजी लगाएका थिए ।  

प्रधानमन्त्री दाहाल कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाहा गर भन्दै नारा लगाएका थिए । सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने बताए । 

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको दिनमा न्याय र स्वतन्त्रताको चेतसहित समानताको भावना विकसित गर्न एवं छुवाछुतमुक्त समाज र राष्ट्र निर्माणको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गरे ।   

 

प्रतिक्रिया दिनुहोस