aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

आज कुन देशको मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ? हेर्नुहोस् मूल्यसूची

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
आज कुन देशको मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ? हेर्नुहोस् मूल्यसूची

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ९२ पैसा र बिक्री दर १४२ रूपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ६३ पैसा र बिक्री दर १६२ रूपैयाँ ३७ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ११ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस