aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

आउट सोर्स सेवाको भुक्तानी सम्बन्धी नयाँ नियम (एकीकृत परिपत्र)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
आउट सोर्स सेवाको भुक्तानी सम्बन्धी नयाँ नियम (एकीकृत परिपत्र)

काठमाडौं । नेपालमा  विदेशी कम्पनीका लागि आउट सोर्स सेवा उपलब्ध गराउनेलाई नयाँ नियम लागू गरिएको छ । नेपाल राष्ट्र बैकले बुधबार एकीकृत परिपत्र २०७८ को संशोधन गर्दै    फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिले विदेशबाट खरिद गर्ने सेवाको भुक्तानी सम्बन्धी नयाँ व्यबस्था गरेको हो । 

 विदेशस्थित सेवा खरिद गर्ने फर्म, कम्पनी, संस्था वा प्राकृतिक व्यक्तिलाई नेपालबाट सेवा उपलब्ध गराए वापत बैंकिङ्ग प्रणालीको माध्यमबाट (नगद बाहेक) रकम भित्र्याउने सम्बन्धमा वित्तीय संस्थाले सम्बन्धित नेपाली निर्यातकर्ताको खातामा रकम जम्मा गर्न सक्ने व्यबस्था गरेको राष्ट्र बैंक जारी गरेको निर्देशिकामा उल्लेख छ । 

 निर्यातकर्ताको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, सेवा आयातकर्तालाई जारी गरिएको बीलबीजक वा खरिद आदेश, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय, लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था लगायत अन्य प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्थाहरुको पालना भएको÷पालना हुने सम्बन्धी निर्यातकर्ताको स्वघोषणा गर्नु पर्ने छ ।

त्यस्तैगरि, चोभार सुख्खा बन्दरगाहलाई भन्सार बिन्दु कायम गरिएको छ । नेपाल राष्ट्र बैकले बुधबार एकीकृत परिपत्र २०७८ को संशोधन गर्दै चोभार स्थित सुख्खा बन्द।गाहलाई भन्सार बिन्दु तोकको हो । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्था बमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिने छ । 

साथै, मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भैसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्था बमोजिम  चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसका साथै अन्य माध्यम (ड्राफ्ट/टीटी, एसबीएसी, डीएपी, डिडिए आदि) बाट हुने आयात समेत चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिनेछ ।

त्यस्तै, बैक तथा वित्तीय संस्था र भूक्तानी सम्बन्धी काम गर्ने संस्थाका सञ्चालक र पदाधिकारी मनिचेञ्जर तथा विप्रेषण कम्पनीमा एकै पटक सोही जिम्मेबारीमा बस्न नपाउने भएका छन । केन्द्रीय बैंकले बैंक, वित्तीय संस्था भूक्तानी सम्बन्धी काम गर्ने संस्था, रेमिट्यान्स कम्पनी र मनिचेञ्जरमा एकै समयमा दोहोरो भुमिका निर्वाह गर्न रोक लगाएको हो। केन्द्रीय बैंकले एकिकृत निर्देशन जारी गर्दै एकै समयमा दोहोरो जिम्मेबारीमा रहन नसक्ने व्यवस्था गरेको छ । साथै हाल दोहोरो भुमिकामा रहेका व्यक्तिलाई २०८० असोज मसान्तसम्म एक जिम्मेबारीमा मात्र सिमित हुनु पर्नेछ ।

राष्ट्र बैंकको निर्देशन अुनसार बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालकरपदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक मनिचेञ्जर ररवा विप्रेषण कम्पनीमा सञ्चालकरपदाधिकारी पदमा बहाल रहन पाउने छैन । साथै, मनिचेञ्जररविप्रेषण कम्पनीको सञ्चालकरपदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर ररवा विप्रेषण कम्पनीमा सञ्चालकरपदाधिकारी पदमा बहाल रहन पाउने छैन । तर, नेपाल सरकार वा केन्द्रीय बैंकले नियुक्त गरेको अवस्थामा यो व्यवस्थाले बाधा पु¥याएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस