aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

एनएमबि बैंकले ६७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
एनएमबि बैंकले ६७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको ६७ हजार ६०७ कित्ता शेयर सर्वसाधारणमा विक्रीमा ल्याउने भएको छ । बैंकले चैत १६ गतेदेखि २३ गतेसम्म व्यक्तिगत संस्थापकहरूको नाममा रहेको उक्त शेयर विक्रीमा ल्याउने भएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. १८० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक विद्यमान संस्थापक शेयरधनी लगानएत अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको अवधिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

बोलपत्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी काठमाडौंमा पेश गर्नुपर्ने बैंकको भनाई छ । बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २४ गते एनएमबि क्यापिटलको कार्यालयमा विहान १० बजे खोलिने कार्यक्रम समेत तय भैसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस