aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आरएमडीसी लघुवित्तको लाभांश र मर्ज प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ चैत्र २०७९
आरएमडीसी लघुवित्तको लाभांश र मर्ज प्रस्ताव पारित

काठमाडौं। आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ । संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको २६ प्रतिशत शुक्रबार बसेको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साथै साना किसानसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ। 

संस्थाको ३१५ वटा साझेदार संस्थासँग कर्जा लगानीमा ११ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । संस्थाले आव २०७८र७९ मा रु ५० करोड ५५ लाख सञ्चालन नाफा गरेको छ। सेयरधनीलाई चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र १.३६४८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ।

एकीकृत कारोबार सुरु भएपछि व्यवसाय बढ्ने, कृषि तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँचको विस्तारमा सहयोग पुग्ने, लघुवित्त तथा सहकारी संस्थाहरुलाई सुलभ तथा सहज रुपमा वित्तीय स्रोत उपलब्ध गराउने एक विशिष्टिकृत संस्थाको रुपमा रुपान्तरण हुने अपेक्षा गरिएको छ ।

सभाले आरएमडीसी र साना किसान लघुवित्त वित्तीय संस्था मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। जस अनुसार आरएमडीसीको १०० कित्ता सेयर बराबर मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदानप्रदान अनुपात (१००स्८७) कायम गर्ने समेत सभाले स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस