aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महालक्ष्मी विकास बैंकद्धारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ चैत्र २०७९
महालक्ष्मी विकास बैंकद्धारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सुदुरपश्चिमका ग्रामिण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि सहयोग गरेको हो ।

एक्सन वर्क नेपालद्वारा सञ्चालित ‘छाउपडी एण्ड मेन्सुरेशन हेल्थ हाइजिन म्यानेजमेन्ट प्राजेक्ट’ लाई सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने गरेको हो । 

छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने जनाएको छ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम  प्रदान गरिने छ ।

यसप्रकार छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरु गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले ल्न्इ लाई आर्थिक सहयोग प्रदान गरेको हो । 

आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
                


 

प्रतिक्रिया दिनुहोस