
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ५६ पैसा र बिक्री दर १४२ रूपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १७ पैसा र बिक्री दर १६१ रूपैयाँ ९० पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४३ रुपैयाँ ५४ पैसा र बिक्री दर १४४ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ८० पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस