
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमार्फत बिक्रीमा ल्याएकोे सर्वसाधारण समूहतर्फको हकप्रद शेयरको बाँडफाँड भदौ २४ गते गरेको छ । कम्पनीले १८ हजार ५३० कित्ता नबिकेको हकप्रद भदौ १० गतेदेखि १७ गतेसम्म लिलमीमार्फत बिक्रीमा ल्याएको थियो ।
कम्पनीले बोलपत्रमा नपरेको रकम भदौ २५ गते शेयरधनीले उल्लेख गरेको बैंक खातामा फिर्ता गरेको छ । रकम खातामा जम्मा भए नभएको यकिन गर्न र जम्मा नभएको खण्डमा कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा सम्पर्क राख्न समेत कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस