
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिन पाउने सेवा शुल्कको बारेमा जानकारी गराएको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि भन्दै यस्तो जानकारी दिएको हो ।
कर्जा उपयोग गर्दा कर्जाको लागि ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू प्नि भुक्तानी गर्नु पर्ने हुन्छ । यस्तो शुल्कको बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कर्जा कारोबार गर्नु पर्ने हुन्छ । वित्तीय संस्थाहरूले ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
विगतमा खुला छोडिएको शुल्क सम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको छ । यी संस्थाहरूले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन नपाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस