
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले शेयरधनीको लागि १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । हाल कम्पनीको पूँजी रू. २४ करोड २० लाख छ । १५ प्रतिशत बोनस वितरणपछि पूँजी रू. २७ करोड ८३ लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस