aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित, नयाँ सञ्चालक समिति चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ चैत्र २०७९
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित, नयाँ सञ्चालक समिति चयन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.४४९ प्रतिशतले हुन आउने रकम १ करोड ३५ लाख २२ हजार २१३.४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सोही साधारण सभा मार्फत तपसिल बमोजिम संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभाले उज्जवल सत्याल, संस्थापक समूह सुशिल काजी बानियाँ, संस्थापक समूह गंगा सागर ढकाल, सर्वसाधारण समूह लिसा शेरचन, सर्वसाधारण समूह  सुजन सिद्धि बज्राचार्य र  संस्थापक समूह नरेश ढुंङगाना सर्वसाधारण समूह निर्वाचित भएका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस