
काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।
यस आधारमा कम्पनीको लाभांशदर गत वर्षको तुलनामा यस वर्ष घटेको छ ।
प्रतिक्रिया दिनुहोस