aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिटिजन बैंकद्धारा एक साथ चार प्रदेशमा सेवा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
सिटिजन बैंकद्धारा एक साथ चार प्रदेशमा सेवा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ करिव १ वर्ष अघि काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको कियोस्क सेवा काठमाडौं उपत्यका लगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको छ ।

शनिबार एक समारोहका बीच उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यो सेवा काठमाडौं उपत्यकाको कलँकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगँज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा गरि एकसाथ ५ शाखामा सञ्चालन ल्याएको बताए ।

यसका साथै बैंक कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरि एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरेको छ ।

साथै निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको व्यहोरा सीईओ पोखरेलले बताए । कियोस्क सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहकहरुको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ कियोस्क सेवाको  विस्तार गरिएको बैंकले जनाएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने साथै डिजिटल बैंकिङ्ग सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ । सोही समारोहमा  नयाँ वर्ष २०८० सालको क्यालेण्डर समेत सार्वजनिक गरिएको छ । 

                                    
 
 

प्रतिक्रिया दिनुहोस