बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित र्याली तथा मुल समारोहमा ब्यानर सहित सहभागिताका लागि सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको छ ।
जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले संयुक्त रुपमा बागलुङ बजारमा आयोजना गरेको मुल समारोहमा सक्रिय सहभागिताका लागि संघले आव्हान गरेको हो । बागलुङ नगरपालिकाका सहकारीहरुलाई बागलुङ बजारमा र अन्य पालिकाका सहकारीहरुलाई आ–आफ्नो पालिकाले आयोजना गरेको कार्यक्रममा सक्रिय सहभागि हुन संघले आव्हान गरेको हो ।
संघका तर्फबाट अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले सहकारी संघ संस्थाहरुलाई पठाएको पत्रमा सहकारी दिवसका अवसरमा बागलुङ बजारमा आयोजित कार्यक्रममा आ–आफ्नो संस्थाको पोशाक, ब्यानर, प्लेकार्ड र संभव भएसम्म झाँकी सहित उपस्थित हुनका लागि आव्हान गरिएको छ ।
यसपटकको सहकारी दिवसलाई सहकारी क्षेत्रले लामो समयदेखि उठाउदै आएका मागहरु पुरा गर्नका लागि सरकारलाई खबरदारीका रुपमा समेत मनाउन लागिएको अध्यक्ष जिसीले बताइन् ।
‘सहकारी क्षेत्रको प्रवद्र्धनका लागि कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण लगायतका हाम्रा माग पुरा गर्नका लागि अब सडकमै पुग्नु पर्ने अवस्था आएको छ, अध्यक्ष जिसीले भनिन्, ‘त्यही भएर सहकारी दिवसलाई केवल दिवसका रुपमा नभएर माग पुरा गराउनका लागि दवाव सिर्जना गर्ने अवसरका रुपमा समेत उपयोग गर्दैछौ ।’
सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाई सक्रिय सहभागिता लागि आव्हान गरिएको छ ।
संघले बागलुङका सबै पालिकाहरुलाई समेत पत्र पठाई सहकारी दिवस भव्य रुपमा मनाउन आव्हान गरेको छ । सबै पालिकाहरुमा यस पटक सहकारी दिवस मनाउने तयारी भएको जानकारी पाएको अध्यक्ष जिसीले बताइन् । सहकारीको दिगोपन: स्वनियमन र सुशासन भन्ने नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइदैछ ।
सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिका कार्यालयको संयुक्त आयोजनामा बागलुङ बजारको समिक्षालय (हुलाकचोक) बाट शुरु हुने बृहत ¥यालीले बजार परिक्रमा पछि कम्पुटोलमा रहेको जोजोलोपा पार्टी प्यालेसमा मुख्य समारोह हुने भएको छ ।
बागलुङ नगरपालिका भित्रका सम्पूर्ण सहकारीहरुलाई बागलुङ बजारमा हुने कार्यक्रममा र अन्य पालिकाका सहकारीहरुलाई सम्बन्धित पालिकाले आव्हान गरे अनुरुपको कार्यक्रममा सहभागि हुन संघले आव्हान गरेको हो ।
बागलुङमा १० वटा पालिका रहेका छन् । सबै पालिकाले आफ्नो पालिका भित्रका सहकारी संस्थाहरुको सहभागितामा कार्यक्रम गर्ने तय गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस