aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ग्लोबल आईएमई बैंकको नयाँ योजना, भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
ग्लोबल आईएमई बैंकको नयाँ योजना, भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन ।

बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन । चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म दिन विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक  प्रति दिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुनेछ ।  

यस योजनाअन्तर्गत आइतबार बेलुका ७ बजेदेखि १० बजेसम्म मोबाइल डाटा प्याक खरिदमा २० प्रतिशत, सोमबार टिभिको बिल भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक उपलब्ध हुने बैंकले जनाएको छ । 

त्यस्तै, मंगलबार बेलुका ७ बजेदेखि १० बजेसम्म  इन्टरनेटको बिल भुक्तानी गर्दा २० प्रतिशत, बुधबार हवाईजहाजको खरिदमा २० प्रतिशत र शनिबार सोही समयमा केबलकारको टिकट खरिद गर्दा २० प्रतिशत क्यासब्याक उपलब्ध हुने बैंकले जनाएको छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस