aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

अमेरिकाबाट रेमिट्यान्स भित्र्याउन सिटी एक्सप्रेसले गर्यो सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
अमेरिकाबाट रेमिट्यान्स भित्र्याउन सिटी एक्सप्रेसले गर्यो सम्झौता

काठमाडौं । अमेरिकाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहने नेपालीले अब रेमिट्लीको मोबाइल एप्लिकेसन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७ हजारभन्दा बढी एजेन्ट्सबाट  भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ ।  उक्त  सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस