aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हिमालयन बैंकको नारी बचत र तलबी खातामा दश लाखको बीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० चैत्र २०७९
हिमालयन बैंकको नारी बचत र तलबी खातामा दश लाखको बीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले दुई खाताको दुर्घटना बीमा सिमा बढाएको छ । बैंकको विभिन्न वचत खाताहरु मध्ये नारी बचत खाता र विशेष तलबी खातामा दुर्घटना मृत्यु बीमाको सीमा रकम दश लाख रुपैयाँ पुर्याएको हो । 

यसअघि यस्तो रकम पाँच लाख रुपैयाँसम्म रहेको थियो । स्थापना कालदेखि नै आफ्ना ग्राहकवर्गहरुको सुबिधाका लागि सम–सामयिक विभिन्न प्रकारका बचत तथा नयाँ प्रविधियुक्त अन्य सेवा–सुबिधाहरु प्रदान गर्न अग्रसर छ । 

नारी वचत खाता नारीहरुको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको  रुपमा रहेको छ । विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बंैकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस