aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

एनएमबि क्यापिटलका दुवै योजनाको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
एनएमबि क्यापिटलका दुवै योजनाको मूल्य समायोजन

काठमाडौं । एनएमबि क्यापिटलअन्तर्गत सञ्चालित दुई सामूहिक योजना (म्युचुअल फण्ड) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मूल्य समायोजन गरेको छ । एनएमबि हाइब्रिड फन्ड एल –१ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड– १ को नगद लाभांश (प्रतिफल) मा नेप्सेले मूल्य समायोजन गरेको हो । 
एनएमबि हाइब्रिड फण्ड एल – १ को १० प्रतिशत नगद लाभांशमा मूल्य समायोजनपछि बिहीबारको कारोबार प्रतिइकाई  ८ दशमवल ५२ रुपैयाँलाई आधार मानेर खुलेको छ । त्यस्तै अर्को योजना एनएमबि सुलभ इन्भेष्टमन्ट फण्ड–१ को १५ प्रतिशत नगद लाभांश मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि बिहीबार यसको कारोबार प्रतिइकाई ९ दशमलव ६१ रुपैयाँलाई आधार मानेर खुलेको छ । 
 

प्रतिक्रिया दिनुहोस