aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेशनल माइक्रोफाइनान्सले बोलायो साधारण सभा, के के छन् प्रस्ताव ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० चैत्र २०७९
नेशनल माइक्रोफाइनान्सले बोलायो साधारण सभा, के के छन् प्रस्ताव ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त  वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा २०८० बैशाख १५ गते गर्ने भएको छ । सभा धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेशीमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको हो । 

सभाले हाल कायम चुक्तापुँजी रू.५८ करोड ६६ लाख को १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै संस्थाले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम शेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको कम्पनीले जनाएको छ ।

त्यस्तै सभाले समीट लघुवित्तसँगको मर्जर सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र तथा दुवै कम्पनीको डीडीए गर्नका लागि सयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकलाई अनुमोदन गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक  प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षण कार्य गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख ४ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा बैशाख ३ गतेसम्म कायम शेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस